मुक्तिनाथ फाउन्डेशनको शुभारम्भ
२१ मंसीरमा मुक्तिनाथ फाउन्डेशनको शुभारम्भ भएको छ।
सामाजिक तथा आर्थिक रूपले पछाडि परेका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो।
मुनाफा वितरण नगर्ने संस्थाका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न भूमिका खेल्ने दाबी गरेको छ।
फाउन्डेशनका अध्यक्ष भरतराज ढकालले यसलाई गैरराजनीतिक, नि:स्वार्थ र विशुद्ध सामाजिक संस्थाका रूपमा विकास गरी लक्षित समुदायको पहिलो रोजाइको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।