ओमिक्रोन देखिएका दुवै जनाको रिपोर्ट नेगेटिभ
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका दुई पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मंगलबार गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको बताएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएका ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपालीमा २० मंसीरमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको थियो।
दुवै जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए। उनीहरू नेपाल आउँदा पनि पीसीआर नेगेटिभ रिपोर्ट बुझाएका थिए।