गोर्खा ब्रुअरीको फायर मुन बियर सार्वजनिक
गोर्खा ब्रुअरीले फायर मुन बियर सार्वजनिक गरेको छ।
‘विन्टर वार्मर बियर’ ट्याग दिइएको फायर मुन जाडो महीनाको लागि उपयुक्त हुने कम्पनीको दाबी छ। यसमा शरीर तताउने अलैंची, अदुवा, दालचिनी लगायत खाद्य पदार्थको पनि प्रयोग गरिएको छ।
५ प्रतिशत अल्कोहल रहेको फायर मुन ३३० एमएल बोटलको १८० रुपैयाँ तोकिएको छ। फायर मुन 'पुलअप क्याप' को साथमा उपलब्ध रहेको गोर्खा ब्रुअरीले जानकारी दिएको छ।