नयाँ कोना इलेक्ट्रिक सार्वजनिक
नेपालका लागि हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ इलेक्ट्रिक कोना सार्वजनिक गरेको छ।
नेपालमा २ वर्षदेखि बिक्री हुँदै आएको कोनाको नयाँ भर्सन भर्खरै सार्वजनिक गरिएको हो। यसको इन्टेरियर तथा एक्टेरियर दुवैमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ।
नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ।
यसमा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइवायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट छ। नयाँ कोनो इलेक्ट्रिक एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ।
नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टमयुक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री छ। नयाँ कोनामा ८ इन्चको टचस्क्रिन भिजुअल न्याभिगेसन सिस्टम समेत छ।
कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लू तथा डार्क नाइट लगायत रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
इभीका लागि अनिवार्य चार्जिङ स्टेशनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ। हाल देशका ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ। कम्पनीले यही वर्षभित्र ५० चार्जिङ स्टेशन थप गर्ने लक्ष्य राखेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले १३ डिलर र १७ सर्भिस सेन्टर मार्फत देशभरका ग्राहकलाई सेवा दिंदै आएको छ।