धुवाँमा निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा मंगलबार राति धुवाँले निसास्सिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
निसास्सिएर २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र पाँच दिने नाबालक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए।
एकतले घरमा सुत्केरी र नाबालकलाई न्यानो बनाउन गोल बालेर सुतेका उनीहरूको धुवाँमा निसास्सिएर मृत्यु भएको अनुमान गरिएको प्रहरी निरीक्षक कोइरालाले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- सर्मिला बुढाथोकी