अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा कति मत पाए?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षभन्दा केन्द्रीय सदस्यमा कम मत पाएका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा ओलीले अध्यक्षसँगै केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका थिए। एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीको खुलातर्फ ८४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ९९ जना उम्मेदवार थिए।
केन्द्रीय सदस्यको खुलातर्फ चुनाव लडेका ओलीले ५६५ मत पाएका छन्। यो केन्द्रीय सदस्यका उम्मेदवारमध्ये सबैभन्दा कम हो। ओलीले अध्यक्षमा १८३७ मत पाएका छन्।
एमाले पदाधिकारीमा निर्वाचित भएपछि केन्द्रीय सदस्यमा निर्वाचित हुनुनपर्ने व्यवस्था छ। जसले गर्दा मतदानका क्रममा ओलीलाई केन्द्रीय सदस्यमा मत दिनुनपर्ने भन्दै प्रचार गरिएको थियो।