सचिवमा गोकर्ण विष्टले पाए सबैभन्दा बढी मत
नेकपा (एमाले)को सचिवमा गोकर्ण विष्टले सबैभन्दा बढी मत पाएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा विष्टले १९७४ मत पाएका छन्। एमालेका २१५३ मतदातामध्ये २०९६ मत खसेको थियो।
त्यस्तै, सचिवमा विजयी भएका योगेश भट्टराईले १९६०, टोपबहादुर रायमाझीले १८०४, छविलाल विश्वकर्माले १८०३, पद्मा अर्यालले १७९९, लेखराज भट्टले १७०४ र रघुवीर महासेठले १५०० मत प्राप्त गरेका छन्।
भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की सचिवमा पराजित भएका छन्। आचार्यले ७८८ र कार्कीले ५५९ मत प्राप्त गरेका छन्।