सल्लाहमै केन्द्रीय कमिटीमा नबसेको हुँः विशाल भट्टराई
एमाले नेता एवं सांसद विशाल भट्टराईले पार्टी नेतृत्वसँग परामर्श र सल्लाहमै आफूलाई केन्द्रीय कमिटीमा नराखिएको बताएका छन्।
आइतबार अध्यक्ष मण्डलका तर्फबाट केपी शर्मा ओलीले पेश गरेको सूचीमा भट्टराईको नाम थिएन।
“खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्त्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ। म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी सङ्गठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,” भट्टराईले भनेका छन्।
खोटाङका भट्टराई पार्टीमा ओली निकट मानिन्छन्।