कांग्रेस महाधिवेशन कार्यतालिकाः २७ मंसीर बिहान मतदान शुरू
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
१४औं महाधिवेशनका लागि २४ मंसीरमा मतदाता नामावली प्रकाशन र २५ मंसीरमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्नुपर्ने निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए।
२६ मंसीर साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ मंसीर बिहान ८ बजे मतदान शुरू हुने कार्यतालिका सार्वजनिक भएको छ।
निर्वाचन कार्यतालिका अनुसार, प्रदेश समितिका लागि १६ मंसीरमा मतदाता नामावली प्रकाशन, १७ मंसीरमा उम्मेदवारी दर्ता र १८ मंसीर बिहानबाट मतदान शुरू हुनेछ।