निधि दम्पती कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र अनामिका निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सोमबार धनुषा क्षेत्र ३ मा भएको प्रतिनिधि छनोटमा दुवै जना सर्वसम्मत प्रतिनिधि चयन भएका हुन्। अनामिका उपसभापति निधिकी श्रीमती हुन्।
त्यस्तै, कांग्रेस धनुषा-३ को क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि निर्वाचित भएका छन्। उनी उपसभापति निधिका भाइ हुन्।
महाधिवेशन प्रतिनिधिमा निधि दम्पतीसँगै रामसरोज यादव, स्मृतिनारायण चौधरी, शिवचन्द्र चौधरी, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, बजरंग साह, जीवनाथ चौधरी, दिगम्बर राय, किशोरी साह, रामबाबु यादव, दिनेशचन्द्र दीपक, गणेश तिवारी, सुरेन्द्र चौधरी, सञ्जय गुप्ता, धनीराम दास, मोहम्मद शोयब, मीनाक्षी झा, निलम कर्ण, सम्झना बर्मा, विजेता झा, प्रमिला दास, सावित्री श्रेष्ठ र मेनुका केसी भण्डारी चयन भएका छन्।
चार वटा निर्वाचन क्षेत्र रहेको धनुषाका तीन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनोट गर्न बाँकी छ।