एमाले महाधिवेशनमा चुनाव हुने, यस्तो छ निर्वाचन कार्यक्रम
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन चुनाव हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि शुरू हुने गरी निर्वाचन कार्यक्रम घोषणा गरेको छ।
निर्वाचन आयोगले संशोधन सहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। अब निर्वाचन प्रक्रिया शुरू हुने आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो।
नयाँ कार्यतालिका अनुसार, आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ। यस्तै, ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ।
त्यसपछि बिहान १०ः५० बजेसम्म उजुरी उपर छानबिन र निर्णय हुने आयोगले जनाएको छ। बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइने सुब्बाले बताए।
यससँगै मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुने तय गरिएको छ। त्यसपछि मतगणना हुने कार्यतालिका छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेका थिए। त्यसमा भीम रावल, घनश्याम भुसाल लगायत नेताले असहमति जनाएपछि निर्वाचन हुने भएको हो।
ओलीले पेस गरेको केन्द्रीय सदस्यको सूची :