खोटाङका स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व
नेकपा (माओवादी केन्द्र)ले खोटाङका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ।
माओवादीले शनिबार सम्पन्न १० वटै स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नगरपालिकामा ६५ र गाउँपालिकामा ५५ सदस्यीय कमिटी गठन गरेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अध्यक्षमा विसन राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्षमा राजुविक्रम चाम्लिङ चयन भएका छन्।
त्यस्तै, ऐंसेलुखर्क गाउँपालिकामा अगमसिं राई, केपिलासगढी गाउँपालिकामा रुद्र राई, खोटेहाङ गाउँपालिकामा दिपेन राई र जन्तेढुंगा गाउँपालिमा बद्री राई अध्यक्ष चयन भएका छन्।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा राजेन्द्र राई, रावाबेंसी गाउँपालिकामा रामबहादुर राई (बाबुराम), बराहपोखरी गाउँपालिकामा युवराज मगर र साकेला गाउँपालिकामा अर्जुन खड्का झंकारको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको माओवादीका खोटाङ संयोजक देवान किराती पृथ्वीले जानकारी दिए।