पूर्व अर्थमन्त्री महतका भतिजा कांग्रेस नुवाकोटको सभापतिमा निर्वाचित
नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत निर्वाचित भएका छन्।
शनिबार सम्पन्न भएको मतगणनामा डा.केदारनरसिंह केसीलाई पराजित गर्दै महत विजयी भएका हुन्। उनी पूर्व अर्थमन्त्री रामशरण महतका भतिजा हुन्।
त्यस्तै, सभापतिमा पराजित डा. केसी कांग्रेस केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीका भाइ हुन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार नुवाकोटको जिल्ला अधिवेशन भएको थियो। शुक्रबार भएको मतदानको शनिबार मतगणना सम्पन्न भएको हो।