यस्तो छ विमलेन्द्र निधिको घोषणापत्र
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन लागेका उपसभापति विमलेन्द्र निधिले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।
बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी निधिले १० पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। आफू सभापति भएमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने वाचा गरेका छन्।
निधिले कांग्रेसलाई सुदृढ बनाउने योजना पनि अघि सारेका छन्। यसका लागि उनले आफूलाई सघाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।
विमलेन्द्र निधिको घोषणापत्र :