सिप्रदियन सहायता संस्थाद्वारा पुनर्निर्मित सातौं विद्यालय भवन हस्तान्तरण
सिप्रदियन सहायता संस्थाको सहकार्यमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पुनर्निर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ।
टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व अन्तर्गतको सिप्रदियन सहायता संस्थाले उक्त भवन बनाएको हो।
विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक रङ्ग धवले, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले उद्घाटन गरेका हुन्।
भूकम्प पुनर्स्थापना परियोजना अन्तर्गत टाटा कम्युनिटी इनिसिएटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदियन सहायता संस्थाको साझेदारीमा हालसम्म सात वटा विद्यालय भवनको पुनर्निर्माण गरिएको छ।
सबै विद्यालय भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे संस्थाले जनाएको छ।