विश्वव्यापी काेराेनाभाइरस महामारी

१५६५२९४

हालसम्म संक्रमित

३४५८६७

निको भएका

९१९१२

मृत्यु हुनेको संख्या

नेपाल

जम्मा संक्रमित

निको भएको

अपडेटः बिहीबार, २७ चैत २०७६ । ११: ०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, जेठ ९, २०७६

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

हिमालखबर

आज देशका अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावले सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ ।

प्रिमनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने गर्छ ।

राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस