एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले पत्रकार सम्मेलनमा भने, “नेकपा (एमाले)को १०औं महाधिवेशनमा केन्द्रीय कमिटी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्छु।”
उनले एमालेलाई सही नेतृत्व दिन अध्यक्षमा उम्मेदवार बन्ने निर्णयमा पुगेको बताएका छन्। यसका लागि उनले आफ्नो योजना पनि सार्वजनिक गरेका छन्।
एमालेको १०औं राष्ट्रिय महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुने तय भएको छ।