संविधान संशोधन विरुद्ध बुटवलमा बिशाल प्रदर्शन
सविधान संशोधन विरुद्ध बुटवलमा बिशाल प्रदर्शन भएकोे छ । २०६२/६३ कोे जनआन्दोलनलाई सम्झाउने गरी बुटबलमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । विरोध सभास्थलमा प्रदर्शनकारी नअटाएपछि केहीबेर तनाव भएको थियो ।
प्रदर्शनमा ५ नं. प्रदेशका १२ वटै जिल्लाका सबै दलका नेता, कार्यकर्ता सहभागी थिए । प्रदर्शनपछि आयोजित सभामा एमाले नेता बिष्णु पौडेल, धनश्याम भुषाल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारी लगायत बिभिन्न दलका नेताले सम्बोधन गरेका थिए ।
दीपक ज्ञवाली, बुटबल