निशानको प्रि–बजेट अफर
नेपालका लागि निशान मोटर्सको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले ‘प्रि–बजेट अफर’ ल्याएको छ । अफर अन्तर्गत निशानका विभिन्न मोडलका गाडीमा नगद लाभ लिन सकिनेछ ।
जसअन्तर्गत निसानको मिक्रा एक्टिभको खरीदमा तीन लाख एक हजार, सन्नीमा तीन लाख ६ हजार र किक्सको खरीदमा एक लाख ९८ हजार बराबरको लाभ उठाउन सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै नभारा र एक्स–ट्राइलमा पाँच लाख ३७ हजार र सात लाख २७ हजार बराबरको लाभ लिन सकिन्छ । यो अफर स्टक रहँदासम्म देशभरका शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।