हिरोको माएस्ट्रो एज ११० सार्वजनिक
हिरो मोटोकर्प लिमिटेडले माएस्ट्रो एज ११० स्कूटर सार्वजनिक गरेको छ।
नयाँ माएस्ट्रो एज ११० मा एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट, टर्न-बाइ-टर्न नेभिगेसन जस्ता विशेषता छन्।
यो स्कूटरमा बीएसफोर ११० सीसी इन्जिन छ। जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ। यसले अधिकतम ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्छ।
यसको मूल्य २ लाख १५ हजार तोकिएको छ। यो स्कूटर रातो र नीलो रङ्गमा उपलब्ध रहेको नेपालका लागि हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले जनाएको छ।