माओवादीमा ३३ विभाग गठन, महरा दुई विभागको प्रमुख (सूची सहित)
नेकपा (माओवादी केन्द्र)ले ३३ वटा विभाग, सम्पर्क समिति र नीति प्रतिष्ठान गठन गरेको छ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार बसेको स्थायी समिति बैठकले सबै विभाग, प्रतिष्ठान र सम्पर्क समितिको प्रमुख तोकेको माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनका अनुसार, डिलाराम आचार्यको नेतृत्वमा १७५ जनाको सम्पर्क समिति गठन गरिएको छ। विभाग र प्रतिष्ठानमा भने बढीमा ३५ सदस्य रहनेछन्।
पूर्व सभामुख महराले राष्ट्रिय सुरक्षा विभाग र प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी पाएका छन्। माओवादीमा दुई वटा विभागको नेतृत्व गर्न पाउने महरा मात्रै हुन्।
माओवादीका विभाग प्रमुखहरू :
सम्पर्क समिति : डिलाराम आचार्य
नीति अध्ययन प्रतिष्ठान : रामचन्द्र झा
अर्थ तथा योजना विभाग : वर्षमान पुन
सङ्गठन विभाग : जनार्दन शर्मा
विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ
प्रचार तथा प्रकाशन विभाग : कृष्णबहादुर महरा
विपद् व्यवस्थापन विभाग : सूर्य सुवेदी (प्रस्तावित)
उद्योग मामिला विभाग : वामदेव क्षेत्री
कृषि तथा भूमिसुधार विभाग : हरिबोल गजुरेल
उपभोक्ता हित संरक्षण विभाग : मातृका यादव
कोष तथा आर्थिक विभाग : डोरप्रसाद उपाध्याय
खानेपानी विभाग : विना मगर
जलस्रोत तथा ऊर्जा विभाग : लीलामणि पोखरेल
निर्वाचन विभाग : खिमलाल देवकोटा
कानून विभाग : मुक्तिनारायण प्रधान
पर्यटन विभाग : झक्कुप्रसाद सुवेदी
प्रादेशिक मामिला विभाग : पर्शुराम तामाङ
पार्टी स्कूल विभाग : गिरिराजमणि पोखरेल
पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा
भौतिक पूर्वाधार विभाग : हरि अधिकारी
युवा तथा खेलकुद विभाग : गणेशमान पुन
राजकीय मामिला विभाग : रेखा शर्मा
राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा
वन तथा वातावरण विभाग : शक्तिबहादुर बस्नेत
विज्ञान तथा प्रविधि विभाग : गणेशप्रसाद साह
शिक्षा तथा मानवस्रोत विभाग : मायाप्रसाद शर्मा
श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव
संघीय संसदीय विभाग : देवप्रसाद गुरुङ
समाज कल्याण विभाग : सत्या पहाडी
सहकारी तथा गरिबी विभाग : धर्मदत्त देवकोटा
शहरी विकास विभाग : देवेन्द्र पौडेल
सामान्य प्रशासन विभाग : टेकबहादुर बस्नेत
साहित्य तथा कला विभाग : गोपाल ठाकुर
स्थानीय तह विभाग : उर्मिला अर्याल
स्वास्थ्य तथा जनसङ्ख्या विभाग : कल्पना धमला