सरकारी टोलीका कारण वार्ता अनिश्चित
२० दिनदेखि अनसनरत डा.गोविन्द केसीको मागका विषयमा छलफल गर्न आज बिहान १० बजे बस्ने भनिएको वार्ता अझै पनि हुनसकेको छैन् । सरकारी टोलीको ढिलासुस्तीका कारण वार्ता हुन नसकेको जनाएको छ ।
सरकारी वार्ता टोली र डा.केसीका पक्षका सदस्यबीच १६ मंसिर राती सिंहदरबारमा वार्ता भएको थियो । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा.सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा डा.केसीका तर्फबाट प्रा.डा. राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहेका थिए ।
सो वार्तामा सहमति हुन नकेपछि आज बिहान १० बजे बस्ने गरी वार्ता स्थगित गरिएको थियो । तर सरकारी वार्ता टोलीले चासो नदेखाएपछि वार्ता हुन नसकेको नसकेको जनाएको छ । सोलिडारिटी फर गोविन्द केसी अलायन्सका संयोजक डा.जीवन क्षेत्रीले भने “सरकारी टोलीले बोलाएको छैन । त्यसैले बार्ता हुन सकेको छैन ।”
डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको चिकित्सकहरुले जनाएका छन् । डा.केसीको मागप्रति एक्यबद्धता जनाउदै देशका बिभिन्न स्थानमा प्रदर्शन भएका छन् ।