ज्येष्ठ नागरिकलाई एनसेलको निःशुल्क सिम
एनसेल आजियाटा लिमिटेडले ज्येष्ठ नागरिकका लागि बन्डल अफर सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसर पारेर यो योजना सञ्चालनमा ल्याएको हो। यस योजना अन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले एनसेलको सिम निःशुल्क लिन सक्नेछन्।
सिममा रु. ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा ६ महीनासम्म बोनसका रुपमा पाईने भएको छ। त्यस्तै, पहिलो रु. ५० वा सो भन्दा बढिको रिचार्जमा ज्येष्ठ नागरिकले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउनेछन्।
त्यस्तै पहिलो रिचार्ज पछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुट सहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन्।