लुमिनसको डबल खुशीयाली अफर
नेपालका लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक विक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा लुमिनस डबल खुशीयाली अफरको घोषणा गरेको छ।
यस अफर अन्तर्गत, ग्राहकले लुमिनस ब्रान्डको ब्याट्री खरीद गर्दा लक्की ड्रमा सहभागी हुन पाउनेछन्। यसको साथै लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री साट्न पनि सकिनेछ। साटफेर गर्दा ब्याट्रीको अधिकतम खुद्रा मूल्यको ५० प्रतिशत दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, लक्की ड्र र एक्सचेन्ज अफर १०० एएचदेखि २२० एएचका रेन्जमा लागू हुनेछ। योजना २२ सेप्टेम्बरदेखि २२ नोभेम्बर २०२१ सम्म लुमिनस र अमट्रेड प्रालिका आधिकारिक डिलरमा लागू हुने जनाइएको छ।
लक्की ड्रमा पहिलो पुरस्कारका रूपमा सामसङको ५५ इन्च स्मार्ट टीभी छ भने दोस्रोमा वनप्लस नोर्ड स्मार्टफोन, तेस्रोमा हुवावे जीटी टु प्रो स्मार्ट वाच, चौथोमा सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेभ ओभन र पाँचौं पुरस्कारमा सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट राखिएको छ।