अशोक लेल्याण्डको दशैं तिहार बहार
आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले ‘दशैं तिहारको बहार पक्का उपहार’ योजना ल्याएको छ ।
जस अन्तर्गत कुनै पनि अशोक लेल्याण्डको गाडी खरीदमा ग्राहकले छानीछानी उपहार पाउनेछन् ।
ग्राहकले अशोक लेल्याण्डको दोस्त, बस साथै ट्रक वा टिप्परको कुनै पनि मोडलको गाडी खरीद उपहार रोज्न सक्नेछन्। दोस्त गाडीको खरीदमा १५ ग्राम सुन अथवा स्मार्टफोन साथै थप नगद छूट अथवा स्मार्ट टीभी पाउन सक्छन्।
त्यस्तै, टिप्पर वा बस खरीदमा ३० ग्राम सुन, आईफोन १२ प्रो म्याक्स अथवा टिभीएसको एनट्रक स्कूटर रोज्न पाइनेछ। एकैपटक दुई वटा गाडीको खरीदमा ६० ग्राम सुन, एप्पल म्यक बुक प्रो, बुलेट ३५० सीसी मोटरसाइकलमध्ये एक चिज ग्राहकले पाउनेछन्।
बम्परमा तीन जोडीलाई ५ रात ६ दिने यूरोप भ्रमण गराइने कम्पनीले जनाएको छ। दशैं, तिहार लक्षित यो योजना ३० मंसीरसम्म लागू हुनेछ।