टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख
चिनियाँ ब्रान्डको अफरोड मोटरसाइकल मोटरहेडको नयाँ संस्करण ‘टेक्कन आर २५०’ सार्वजनिक भएको छ ।
मोटरहेडको नेपालको लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले मोटरसाइकल सार्वजनिक गरेको हो।
मोटरसाइकलको शुरूआती मूल्य ४ लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ। यो मोडेलको मोटरसाइकल दुई रंग र ग्राफिक्समा उपलब्ध छ।
मोटरहेड ब्रान्डको देशभर १४ स्थानमा डिलर र आउटलेट छन्। एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ५ वर्षदेखि मोटरहेड ब्रान्डको विभिन्न मोडेलका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ।