ग्लोबल आइएमई ब्यांकद्वारा वृक्षरोपण
ग्लोबल आइएमई ब्यांक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र विभाग परिसरमा वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण कार्यक्रमको उद्घाटन प्राणीशास्त्र विभाग प्रमुख प्रा. तेजबहादुर थापा र ब्यांकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्त रुपमा गरेका हुन्।
विभाग परिसरको हरियाली र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करीब एक सय चाँप, धुपी तथा विभिन्न प्रजातीका विरुवा रोपेर सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको छ ।
ग्लोबल आइएमई ब्यांकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।