टोयटाको एक्सचेञ्ज अफर
नेपालका लागि टोयटा गाडीको आधिकारिक बिक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘इट्स् टाइम टू अपग्रेड’ अफर ल्याएको छ ।
देशभर रहेका टोयटाका डिलर मार्फत २८ भदौदेखि २ असोजसम्म जुनसुकै ब्राण्डका गाडी टोयटासँग साटफेर गर्न सकिने छ।
एक्सचेञ्ज अफरमा छुटका साथै आकर्षक उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।
टोयटाले रस, हाइलक्स, कोरोला क्रस, फर्चुयुनर, र्याभ फोर हाइब्रिड, ल्याण्ड क्रुजर प्राडो जस्ता प्रिमियम क्लासका गाडी बिक्री गरिरहेको छ ।
काठमाडौंका साथै बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर, झापा, जनकपुर लगायत शहरमा टोयटाको आधिकारिक डिलर छन् ।