डा.केसीका मागप्रति एक्यबद्धता जनाउदै प्रदर्शन
१९ दिनदेखि अनसनरत डा.गोविन्द केसीको मागप्रति एक्यबद्धता जनाउदै धादिङमा पनि प्रदर्शन गरिएको छ ।
जिल्ला अस्पताल, धादिङका स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवासहित १६ मंसिरमा निस्केको जुलुसले बजार परिक्रमा गरको थियो ।
प्रदर्शनमा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रसिला अमात्य, मानवधिकारर्की कृष्ण प्रसाद दाहाल, सोलिडारिटी फर प्रा.डा. गोविन्द केसी धादिङका संयोजक डा.राम थापा क्षेत्रीले मन्तव्य राखेका थिए ।