नारायणकाजी श्रेष्ठ माओवादी प्रवक्ताबाट हट्ने!
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट हट्न चाहेको बताएका छन्।
पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले आफ्नो पदलाई निरन्तरता दिन नचाहेको बताएका हुन्।
“उहाँले कुनै हालतमा प्रवक्ता बस्दिनँ भन्नुभयो,” एक स्थायी कमिटी सदस्यले हिमालखबरसँग भने, “अध्यक्षज्यूले अर्को बैठकबाट निर्णय गरौं भन्नुभयो।”
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी प्रवक्ताको भूमिकामा छन्।
उनी नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्।