नेपाल थाइल्यान्डसँग पराजित
एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा १६ मंसिरमा नेपालले लगातार चौथो हार बेहोर्यो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले एक बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर ६३ रन जोडेको थियो । नेपालले प्रस्तुत गरेको सहज लक्ष्य थाईल्याण्डले १६ ओभरमा दुई विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १६ रन जोडिन् भने सीता मगरले दुई विकेट लिइन् ।
यसअघि नेपाल पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशसँग पराजित भईसकेको छ ।
चार खेलमा अंक विहिन रहेको नेपालले १७ मंसिरमा अंक तालिकाको शीर्षस्थानमा रहेको भारतसंग प्रतिस्पर्धा गर्नेछ ।