समाचार बुधबार, जेठ १, २०७६

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

हिमालखबर

भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन् । 

२६ वैशाखमा भियतनाम भ्रमणमा गएका प्रधानमन्त्री भियतनाम कम्बोडिया हुँदै नेपाल फर्केका हुन्।

प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा २६ देखि ३० वैशाख सम्म भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ३१ वैशाख देखि कम्बोडिया भ्रमण गरेका थिए ।

उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डल पनि आजै स्वदेश फर्केको छ । 

स्वदेश फर्केका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस