समाचार बुधबार, जेठ १, २०७६

७८ लाख धराैटीमा रिहा भए अख्तियारका पूर्व आयुक्त पाठक

हिमालखबर

भ्रष्टाचार अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण ७८ लाख धरौटीमा रिहा भएका छन् । 

बुधबार विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि पाठक नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन ।

पाठकलाई भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै उनले ७८ लाख रुपैयाँ घुस लिएको अभियाेगमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेकाे थियाे । 

आयुक्त वहाल रहेकै बेला घुस लिएकाे भिडियो सार्वजनिक भएपछि पाठकले ३ फागुनमा पदबाट राजीनामा दिएका थिए । 

राजीनामा पछि छानविन थालेकाे अख्तियारले अनुसन्धान गर्ने क्रममा पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए ।

त्यसपछि अख्तियारले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्धा दायर गरेकाे थियाे । फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

 

प्रतिकृया दिनुहोस