डिशहोममा लालिगा हेर्न सकिने
लालिगा फूटबल लिग सिजन २०२१–२२ डिशहोमले प्रशारण गर्ने भएको छ।
स्पेनको घरेलु प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटल प्रशारण अधिकार डिशहोमले प्राप्त गरेको हो।
लालिगा डिशहोमको खेल च्यानल एक्सन स्पोर्टस एचडी २ मा प्रशारण हुनेछ।
लालिगा हेर्नको लागि दुई हजारको सिजन टिकट किनेर लिग अवधिभर सञ्चालन हुने खेल हेर्न सकिने छ।
मल्टी टिभीका ग्राहकले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजारको सिजन टिकट खरीद गर्नुपर्ने डिशहोमले जनाएको छ।