समाचार बुधबार, जेठ १, २०७६

मलेसियाका राजदूत पाण्डेलाई ब्रुनाइको समेत जिम्मेवारी

हिमालखबर

मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डे ब्रुनाइको पनि गैर आवासीय राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाइका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । 

नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस