बाल अस्पताल बनाउन सानिमा ब्यांकको एक करोड सहयोग
सानिमा ब्यांक लिमिटेडले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड रुपैयाँ सहयोग गरेको छ।
ब्यांकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बाल अस्पताल निर्माणका लागि सहयोग गरेको हो।
डा. भगवान कोइरालाको समूह काठमाडौंमा बालबालिकाका लागि विशेषज्ञ सेवा दिने अस्पताल बनाउन सक्रिय छ। अस्पतालमा बाल स्वास्थ्य सम्बन्धी सबै रोगको उपचार हुने जनाइएको छ।
निजी लगानीमा बने पनि अस्पताल गैरनाफामूलक हुनेछ। यसमा गरीब तथा असहायलाई निःशुल्क र अन्यलाई सरकारी शुल्क अनुसार उपचार हुने अस्पतालले जनाएको छ।