जसपा अनुशासन आयोगको अध्यक्षमा चौधरी
जनता समाजवादी पार्टी (जसपा) को अनुशासन आयोग अध्यक्षमा नरसिंह चौधरी चयन भएका छन्।
बिहीबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकले चौधरीलाई आयोगको प्रमुख चयन गरेको प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए। कपिलवस्तु स्थायी घर भएका चौधरी जसपा केन्द्रीय सदस्य हुन्।
पार्टीमा देखिएका समस्याबारे अध्ययन गर्न नवराज सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिको सदस्यमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठ छन्।
जसपाले आगामी भदौदेखि मंसीरसम्म संगठन सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने प्रवक्ता खतिवडाले बताए। उनका अनुसार, मंसीरभित्रै समायोजन सम्बन्धी सबै काम सक्ने कार्ययोजना पारित भएको छ।
निर्वाचन आयोगले आधिकारिकता दिएपछि बसेको पहिलो केन्द्रीय कार्यकारिणी समिति बैठक तीन दिनमा सम्पन्न भएको हो।