साइकल यात्रा प्रवर्द्धनका लागि आइएमई पे र ग्रीन–वेबीच सम्झौता
आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन–वे) बीच सम्झौता भएको छ।
दिगो विकास, स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न दुई कम्पनीबीच सम्झौता भएको हो।
यस अन्तर्गत साइकल यात्रामा सहभागी हुने यात्रीलाई १ किलोमिटर बराबर रु.३ प्रदान गरिनेछ। सो रकम आइएमई–पे मार्फत भुक्तानी हुनेछ।
ग्रीन–वे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, ललितपुर महानगरपालिका, कान्तिपुर मिडिया समूह, एनसेल र साइकल सिटी नेटवर्क नेपालको संयुक्त पहल हो।