लुम्बिनी प्रदेशका तीन सांसदलाई पार्टीबाट हटाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका तीन सदस्यलाई पार्टीबाट हटाउने निर्णय गरेको छ।
१२ साउनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी तीन सदस्यलाई हटाउने निर्णय गरेको हो।
प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई हटाउने निर्णय गरिएको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीबाट हटाइएको नेता राईले जानकारी गराए।
पार्टीबाट हटाइएका तीनै जना महन्थ ठाकुर पक्षका हुन्। ११ साउनमा निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ।