चन्द्र ढकाल लगायतको लगानीमा डेढ अर्बको कागज उद्योग स्थापना हुँदै
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रू. १ अर्ब ५० करोड लागतमा स्थापना हुने कागज उद्योगको शिलान्यास गरिएको छ।
सोमबार आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल सहितका उद्योगीहरूले नेपाल पल्स एन्ड पेपर इन्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन्।
उक्त उद्योगमा ढकालका साथै सर्राफ समूह, सुनिलगोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको लगानी रहनेछ।
आइएमई समूहद्वारा प्रवर्द्धित नेपाल पल्स एन्ड पेपर इन्डष्ट्रिजको ११ बिघा जमीनमा कारखाना सञ्चालन हुनेछ। एक वर्षभित्र निर्माण सम्पन्न गरेर उत्पादनको काम शुरू हुने ढकालले जानकारी दिए।
उद्योगले दैनिक ७५ टन कागज उत्पादन गर्नेछ। उद्योग सञ्चालनमा आए लगत्तै एक सय जनाले रोजगारी पाउने बताइएको छ।