भीम रावलले लिए राजीनामा फिर्ता
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। उनले ३ साउनमा राजीनामा बुझाएका थिए।
३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आन्तरिक विवादका कारण उनले राजीनामा दिएका थिए। उनले सत्ताको अराजनीतिक खेलमा नलाग्ने जनाउँदै राजीनामा दिएको बताएका थिए।