६ साउनमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकले बकर इदको अवसरमा ६ साउनमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले मुस्लिम समुदायको महत्त्वपूर्ण पर्व भएकाले बिदा दिने निर्णय गरिएको जानकारी दिए।
मुस्लिम समुदायले बकर इदमा बिदा दिन माग गर्दै आएको थियो। उनीहरूले अन्य धर्मका चाडपर्वमा जस्तै मुस्लिम समुदायका प्रमुख चाडपर्वमा पनि बिदा दिनुपर्ने माग गर्दै आएका छन्। संसारभरका मुस्लिम समुदायले दोस्रो ठूलो पर्वका रूपमा बकर इद मनाउने गरेका छन्।