यी हुन् एमालेले स्पष्टीकरण सोध्ने २२ सांसद
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। उनीहरूलाई पार्टी अनुशासन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोध्न लागिएको हो।
जसमा वरिष्ठ नेता नेपाल, सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, गोपाल बम, भवानी खापुङ, कलिला खातुन, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री र प्रेम आले छन्।
त्यस्तै, विनादेवी बुढाथोकी, कृष्णकुमार श्रेष्ठ, समिना हुसेन, कल्याणी खड्का, सरला यादव, धनबहादुर बुढा, लक्ष्मी चौधरी, जीवनराम श्रेष्ठ, पुष्पा कर्ण कायस्थ, निरा जैरू, अञ्जना विशंखे, हिरा केसी र कृष्णलाल महर्जन रहेका छन्।
उनीहरूमध्ये आठ जना अध्यक्ष ओली पक्षका र १४ जना नेपाल पक्षका छन्।
उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अब उनीहरूलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरिने जनाइएको छ।