९६ सय स्वाब परीक्षण गर्दा १८ सयमा कोरोना
आज कोरोनाभाइरस संक्रमितको संख्या केही घटेको छ भने मृत्यु हुनेको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज नौ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो। शनिबार एक हजार ८७५ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, आज कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। शनिबार २१ जनाले ज्यान गुमाएका थिए। योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।
पछिल्लो २४ घण्टामा एक हजार ६६७ जना निको भएका छन्। शनिबार दुई हजार १६४ जना निको भएका थिए।