कला/साहित्य विहीबार, वैशाख २६, २०७६

‘प्रेम गीत–३’ टिम नायिकाको खोजीमा

हिमालखबर

चलचित्र ‘प्रेम गीत–३’ को टिम नायिकाको खोजीमा लागेको छ ।

चलचित्रको मुख्य नायिकाको लागि टिमले अडिसन आह्वान गरेको हो ।

अडिसनका लागि आवेदन दिन www.aasusenfilms.com मा गएर फारम भर्न सकिने निर्माण टिमले जनाएको छ । त्यस्तै filmsaasusen@gmail.com मा इमेल गरेर पनि आवदेन दिन सकिने निर्माता सन्तोष सेनले जनाएका छन् ।

५ फिट २ देखि ५ फिट ७ इन्चसम्म उचाई भएका र १८ देखि २५ वर्ष उमेरका युवतीहरुले १० जेठभित्र आवेदन दिइसक्नुपर्ने निर्माण कम्पनीको भनाइ छ । आवेदन दिएकामध्ये २० जना अन्तिम प्रतिस्पर्धाका लागि छानिनेछन् ।

प्रेम गीत–३ आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन लागेको पाँचौं चलचित्र हो । चलचित्रको लागि अहिले स्क्रिप्टको काम भइरहेको छ । प्रेम गीतका यसअघिका दुवै सिरिज हिट चलचित्र हुन् ।

प्रतिकृया दिनुहोस