नेपाल इन्भेष्टमेन्ट ब्याङ्कको ८०औं शाखा
नेपाल इन्भेष्टमेण्ट ब्याङ्क लिमिटेडले सुनसरीको देवानगंज गाउँपालिकामा ८०औं शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले गरेकी हुन् ।
ब्याङ्कले काठमाडौं उपत्यकाभित्र २४, उपत्यका बाहिर ५६ शाखाका साथै ११२ एटीएम, १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र र ५१ वटा शाखारहित ब्याङ्किङ इकाइमार्फत सेवा प्रवाह गरिरहेको छ ।