आइएमई-पे र दराजबीच सम्झौता
आइएमई-पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ।
सम्झौता अनुसार, दराजका सेवाग्राहीले सामान खरीद गर्दा आइएमई–पेबाट भुक्तानी गर्न सक्नेछन्।
१ साउनबाट शुरू भएको १ रुपैयाँ गेम र ३ साउनबाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भई आईफोन–१२ लगायतका उपहार प्राप्त गर्न सकिनेछ।
सम्झौतापत्रमा आइएमई–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटा र दराज केमु प्रालि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन्।
आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई–पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकबीच भएको सहकार्यले साना तथा मझौला व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी व्यवसाय अभिवृद्धिमा सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए।
झन्डै ३५ हजार एजेन्ट आउटलेट भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक कम्पनी हो।