बिदाको दिन पनि अजोड इन्स्योरेन्सको सेवा
अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ ।
सेवाग्राहीको व्यस्त समयलाई ध्यान दिंदै १ वैशाखदेखि सार्वजनिक बिदा र शनिबारको दिन पनि सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको हो ।
बिदाका दिन बीमालेख जारी गर्ने, बीमा शुल्क भुक्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।