डा. केसीको समर्थनमा पोखरामा वृहत मौन जुलुस
अनसनरत डा. गोविन्द केसीको समर्थनमा पोखरामा कार्यरत स्वास्थ्यकर्मीहरुले बृहत मौन जुलुस प्रदर्शन गरेका छन् ।
नेपाल मेडिकल एसोसिएसन गण्डकीको आयोजनामा पोखराको रानीपौवाबाट निस्केको मौन जुलुस चिप्लेढुङ्गाको मानव अधिकार चोकसम्म पुगेको थियो ।
प्रदर्शनमा पोखरामा कार्यरत चिकित्सक, मेडिकल ल्यावरोटोरी एसोसिएसन अफ नेपाल, टिम बायोलोजी लगायतका विभिन्न संस्थामा आवद्ध स्वास्थ्यकर्मीहरुले समेत सहभागि थिए ।
प्रदर्शन पछि बोल्दै एशोसिएसनका पूर्व अध्यक्ष लुमेश्वर आचार्यले डा. केसीको माग तत्काल पूरा गरी उनको जीवनरक्षा गर्न सरकारसँग माग गरे ।
“आजै सम्झौता होस्, र डा. केसीको ज्यान जोगियोस्,” उनले भने, “विगतमा डा. केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयन होस् ।”
प्रदर्शनअघि स्वास्थ्यकर्मीहरुले विहान १० बजेदेखि ११ बजेसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा धर्ना दिनुका साथै एक घण्टा ओपिडी सेवा बन्द गराएका थिए ।
युवराज श्रेष्ठ, पोखरा