प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा विश्वस्त छौं : यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरू सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्नेमा विश्वस्त रहेको बताएका छन्।
समसामयिक राजनीतिक परिस्थितिको विषयमा शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा यादवले भने, “१४६ जना प्रतिनिधि सभाका सदस्यहरू उभिएर सनाखत गरेर दिएको रिटमा सर्वोच्च अदालतले न्याय दिनेछ भन्नेमा विश्वस्त छाै।”
आफूहरू सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भन्ने कुरामा विश्वस्त रहेको यादवकाे भनाइ थियाे। उनले भने, “लोकतन्त्र जोगाउन संघर्ष गर्न तयार छौं, तर अहिलेलाई सर्वोच्च अदालतबाटै न्याय पाईन्छ भन्नेमा विश्वस्त छौं।”